नेपाल भ्रमणमा जान चाहने विदेशी नागरिकको भिसा अवधि बढाउने निर्णय*
बिहीबार, ०४ वैशाख २०७७, १२ : ००
सरकारले नेपाल भ्रमण गर्न जाने भनेर भिसा लिइसकेका विदेशी नागरिकको भिसा अवधि बढाउने निर्णय गरेको छ ।
पहिला नै लिएको भिसाको अवधि नेपाल सरकारले ६ महिना लागि बढाउने निर्णय गरेको हो ।
अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहीबार एक वक्तव्य जारी गर्दै १ जनवरी, २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई नेपाल सरकारले थप ६ महिना मान्यता दिने जानकारी दिएको छ ।
यस्तै अस्ट्रेलियास्थित नेपाली दूतावासका साथै अष्ट्रेलिया र न्यूजिल्याण्डको वाणिज्य दूतावासले प्रदान गरेको भिसा जारी मितिबाट एक वर्षका लागि मान्य हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

*यसअघि प्रकाशित समाचार अन्यथा भएकाले क्षमयाचनासहित सच्याइएको छ : सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण