आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भायानेट प्रयोगकर्ताको भाइबरमा अज्ञात नम्बरबाट फोन आएको छ ? यस्तो हुन सक्छ

बिहीबार, ०४ वैशाख २०७७, १४ : २३
बिहीबार, ०४ वैशाख २०७७

काठमाडौं–भायानेट प्रयोगकर्ताहरुको भाइबरमा अज्ञान नम्बरबाट फोन म्यासेज आएको छ भने त्यसको जवाफ नफर्काउन भायानेटले अनुरोध गरेको छ । 

भायानेटले केही ग्राहकहरुको सम्पर्क नम्बरमा अज्ञात अन्तर्राष्ट्रिय नम्बरहरुबाट अनावश्यक भाइबर एक्टीभेशन एसएमएस र फोन कलहरु प्राप्त भइरहेको छ । भायानेटले यस्ता एसएमएस र कलहरु स्पाम भएकाले जवाफ नफर्काउन आग्रह गरेको हो ।

यस्ता एसएमएस र कलहरुको जवाफ नदिन र आफैले व्यक्तिगत रुपमा अनुरोध नगरेको खण्डमा यस्ता भाइबर एक्टीभेशन भेरिफिकेशन लिंकमा क्लीक नगर्न पनि कम्पनीले अनुरोध गरेको छ ।

भाइबर सुरक्षाका सुझावहरुः

–भाइबर प्रयोगकर्ताहरुले भाइबर सेटिङमा गई एकाउन्ट भित्र डेस्कटप र ट्वाब्लेटमा (Viber Settings>Account>Desktop and Tablets) गई आफ्नो उपकरणसँग आवद्ध रहेको आफ्नो भाइबर एकाउन्ट चेक गर्न सक्नेछन् । त्यहाँबाट प्रयोगकर्ताहरुले अनाधिकृत उपकरणहरुलाई डिएक्टीभेट गर्न सकिन्छ ।

–भाइबर सेटिङमा गई एकाउन्ट भित्र चेन्ज नम्बरमा (Viber Settings> Account> Change Number) गई कुनै डाटाहरु नगुमाई आफ्नो भाइबर नम्बर परिवर्तन गर्न सकिन्छ ।

–थप सुरक्षाको लागि भाइबर प्रयोगकर्ताले भाइबर सेटिङको प्राइभेसी भित्र गई पर्सनल डाटामा गई डिलिट योर डाटामा गएर आफ्नो व्यक्तिगत डाटा भाइबरको सर्भरबाट हटाउन सकिन्छ । यस्तो गर्दा कृपया आफूले डाटा हटाउन अघि एक पटक राम्ररी जाँच गर्नुपर्छ किन कि यसरी हटाइएको डाटा पुनर्स्थापना गर्न सकिदैँन ।

यसबारे भायानेटले भाइबर र सम्बन्धित स्थानीय अधिकारीहरु समक्ष पुगेर समाधानका लागि काम गरिरहेको छ । भाइबरले जानकारी दिएअनुसार भाइबरले यस्ता कार्यलाई रोक्नको लागि यथाशिघ्र कदम चाल्ने र भविष्यमा हुने सम्भावित हमलाहरुलाई रोक्नको लागि पनि आवश्यक कदमहरु चाल्ने जनाएको छ ।

अज्ञात एवं अनावश्यक कलहरु, एसएमएस र इमेलबाट सावधान हुन कम्पनीले ग्राहकहरुलाई अनुरोध गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप