कविताः लुकेका मानवहरू
– राकेश कार्की
बाहिर जान मनाही छ
कहीँ जान सुरक्षित छैन
कोठाभित्र खुम्चिएर, डल्लिएर
कोरोना भाइरसको डरले लुकेका
चिडियाखानाको जन्तुजस्तो
कोठाभित्र बसेका
दुलोभित्रका सापजस्तो
कोठाभित्र पसेका
मानव जातिहरु
बाहिर खुला आकाशमा स्वच्छन्द
उडेका चराचुरूङ्गीहरु
सुनसान जमिनमा निष्फिक्री
रमाइरहेका कुकुर बिरालाहरु
सानो परिधिको बन्द कोठाभित्र लुकेर
झ्याल र चेपबाट चियाइरहेछन्
मानव जातिहरु
सबैको दिन आउँदो रहेछ
बाघ, भालु, सिंहजस्तो हिंस्रक जन्तुलाई
चिडियाखानामा थुन्ने
अबोध जनावरको स्वतन्त्रता हरेर
पैसा असुल्ने
अहिले सूक्ष्मभन्दा सूक्ष्म
आँखाले देख्न नसकिने जीवाणुले
घरघरमै थुनिरहेछ
तमाशा बनाएर
यस्ता मानवजातिहरुलाई
चार पर्खाले घेरेको भित्ताभित्र पनि
आनन्द र स्वतन्त्रता छैन
एउटा मानिस अर्कोसँग
६ फिटको दूरीमा बस्छ
अलिकति पनि विश्वास छैन
रोग सार्छ कि भनेर
दुवै हात पन्जाले ढाकेको छ
आफ्नै मुखमा मोहलो लगाएर बस्छ
आफूलाई आफैसँग विश्वास छैन
कोरोना बोकेको छु कि भनेर
संसारैभरी यति लाख सङ्क्रमित
यति हजार मानवको मृत्यु
हरेक दिन टिभीमा समाचार सुन्दै
आफ्नो आफ्नो घरको कोठामा
अनिश्चितता र अन्योलतामा
लुकेका मानव जातिहरु ।
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
-
पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण