इतिहासमा आज : आन्तरिक ‘आतंकवाद’ ले अमेरिका स्तब्ध बनेको दिन, १ सय ६८ को मृत्यु
आज अप्रिल १९ । सन् १९९५ मा आजैका दिन विस्फोटक पदार्थले भरिएको ट्रकले अमेरिकाको ओक्लोहामा शहरस्थित अल्फ्रेड पी. मुर्राह फेडेरल भवन ध्वस्त बनाएको थियो । उक्त घटनामा १ सय ६८ जनाको मृत्यु भयो ।
यस घटनाको दोषी अमेरिकाकै टिमोथी म्याकभेगलाई ठहर गरियो । उनलाई ११ जुन २००१ मा इन्जेक्सन लगाएर मृत्युदण्ड दिइयो ।
यी व्यक्ति कुनै समय अमेरिकी सेनामा थिए र खाडी युद्ध पनि लडेका थिए । तर हस्तक्षेपकारी अमेरिकी विदेश नीति अन्यत्र देशका सर्वसाधारणको मृत्युको कारक बनेकोे देखेर उनी संघीय सरकारप्रति रुष्ट थिए ।

सन् १९९३ मा अमेरिकी सरकारले आफ्नो देशभित्रको धार्मिक समुदाय ‘ब्रान्च डेभिडियन्स’ विरुद्ध अवैध हतियार भण्डारण गरेको आरोपमा अभियान चलाएको थियो ।
२८ फेब्रअरीदेखि १६ अप्रिलसम्म जारी यस अभियानका क्रममा अमेरिकी सेनाका ४ जना तथा डेभिडियन्स समुदायका झन्डै १ सयभन्दा बढीको ज्यान गयो । यसमा २५ बालबालिका र गर्भवती महिला पनि समावेश थिए । यस घटनाको बदला लिने अठोट गरेका टिमोथीले संघीय सरकारविरुद्ध विद्रोह गर्नका लागि यस्तो आक्रमणको योजना बनाएका थिए ।

अन्य महत्त्वपूर्ण घटनाक्रम
सन् १७७५ – अमेरिकी क्रान्तिको सुरुवात
सन् १९१९ – अमेरिकाका लेस्ली इरविन बने प्यारासुटबाट जम्प हान्ने पहिलो व्यक्ति
सन् १९३६– प्यालेस्टाइनमा यहूदी विरोधी दंगा सुरु
सन् १९७५– आफ्नो पहिलो उपग्रह आर्यभट्ट लन्च गर्दै भारत अन्तरिक्ष युगमा प्रवेश, यो भारतको पहिलो वैज्ञानिक उपग्रह थियो ।
सन् २०११ – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोद्धारा कम्युनिष्ट पार्टी अफ क्युबाको केन्द्रीय समितिबाट राजीनामा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण