कोरोना अपडेटः अमेरिकामा मृतकको संख्या ३९ हजार, विश्वभर संक्रमितको संख्या २३ लाख नाघ्यो
जेनेभा । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा मात्र मृत्यु हुने व्यक्तिको संख्या ३९ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार आइतबार मध्यान्हसम्ममा अमेरिकामा ३९ हजार १५ जनाको मृत्यु भएको छ भने ७ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् ।
अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्यामा अझै कमी आएको छैन । देशका कतिपय राज्य र शहरमा मानिसहरु लकडाउन हटाउन माग गर्दै प्रदर्शनमा समेत उत्रिएका छन् ।
मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन ।
अमेरिकामा सबैभन्दा बढी प्रभावित न्यूयोर्क शहरमा नर्सिङ होममा आश्रित ज्येष्ठ नागरिकको ठूलो संख्यामा मृत्यु भएको छ । क्लालिफोर्निया शहरमा राज्य सरकारले कोरोना संक्रमित तर हाल घरबारबिहीन व्यक्तिका लागि १५ हजार होटल कक्षहरुको व्यवस्था गरिएको गभर्नर ग्याभिव न्यूसमले बताएका छन् ।
इन्डियानापोलिसमा गभर्नर एरिक होल्कोम्बको सरकारी आवास बाहिर २०० भन्दा बढी व्यक्ति भेला भएर लकडाउन खोल्न माग गर्दै प्रदर्शन गरेका छन् । यस्तै टेक्सास राज्यको अस्टिनमा पनि घरभित्र बस्न दिइएको आदेशको विरोधमा प्रदर्शनहरु भएका छन् ।
अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेन जस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् ।
कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटलीमा रहेको छ । पछिल्लो विवरण अनुसार इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ भने तेस्रो स्थानमा रहेको स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ६३९ जना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण