बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

इतिहासमा आज : तानाशाह हिटलरको जन्म

सोमबार, ०८ वैशाख २०७७, १३ : १४
सोमबार, ०८ वैशाख २०७७

आज अप्रिल २० । सन् १८८९ मा अस्ट्रियामा एडोल्फ हिटलर जन्मिएका थिए । सामान्य परिवारमा जन्मिएका यी व्यक्तिको बाल्यकालको सपना चित्रकार बन्ने थियो । उनले चित्रकार बन्नेबाहेक अरु केही सोचेका थिएनन् । तर एकेडेमी अफ फाइन आर्टस् भियानामा दुईपटक उनी प्रवेश परीक्षामै असफल भए ।

हिट्लरमा राष्ट्रप्रेम ठूलो थियो । पहिलो विश्वयुद्ध चलिरहेको समय उनी जर्मन सेनामा आबद्ध भए । विश्वयुद्धमा जर्मनी पराजित भयो । सन् १९१८ मा अन्य देशले ‘ट्रिटी अफ भर्सेल्स’ मार्फत यस शक्तिराष्ट्रलाई कमजोर बनाइदिए । हिटलर निकै क्रुद्ध थिए र उनले अस्पतालबाटै यसको बदला लिने घोषणा गरे । तर सामान्य सिपाहीको यो घोषणालाई कसैले पनि सुनेनन् ।

जर्मनीमा बेरोजगारी र बढिरहेको थियो । हिटलर राजनीतिमा लागे । उनको वाकला निकै राम्रो थियो । चाडैं धेरै जनताको मन जिते । राजनीतिमा लागेको छोटो समयमै अर्थात् सन् १९३३ मै उनी देशको चान्सलर पदमा नियुक्त भए । त्यसपछि राष्ट्रपतिमार्फत संविधान संशोधन गराएर चान्सलर पदलाई शक्तिशाली बनाए । त्यतिमात्रै होइन, राष्ट्रपति पाउल भोन हिन्डेनवर्गको निधनपछि सन् १९३४ मा उनी आफैं देशको सर्वोच्च नेता तथा कार्यकारी प्रमुख (चान्सलर) दुबै बने । सन् १९३९ मा हिटलरले आफ्नो ५० औँ जन्मदिनलाई जर्मनीको राष्ट्रिय दिवसका रुपमा मनाएका थिए ।

आफ्नो शासनकालमा हिटलर अन्य देशमाथि आक्रमण गर्ने र भूभाग विस्तार गर्ने काममा मात्रै सक्रिय भएनन्, जातीय नरसंहारमा पनि लागे । उनले झन्डै १ करोड १० लाख यहुदीको ज्यानै लिए । हिटलरकै हठका कारण दोस्रो विश्वयुद्ध सुरु भयो र विश्वयुद्धमा पराजित भएपछि उनले गोली हानेर सन् १९४५ मा आत्महत्या गरे ।

अन्य घटनाक्रम

– सन् १९४६, संयुक्त राष्ट्रसंघअघिको अन्तर्राष्ट्रिय छाता संगठन लिग अफ नेसन्स भंग ।

– सन् १९७२, मा अमेरिकी अन्तरिक्षयान एपोलो १६ चन्द्रमामा अवतरण । चन्द्रमा पुग्ने पहिलो यान पनि अमेरिकी नै थियो – एपोलो ११ । यो सन् १९६९ मा चन्द्रमामा पुगेको थियो ।

– सन् १९९७, इन्द्रकुमार गुजराल भारतको १२ औँ प्रधानमन्त्री ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप