धादिङमा बिजुली सर्ट हुँदा आगलागी, दुई जनाको मृत्यु
काठमाडौं – बिजुली सर्टका कारण धादिङमा दुईजनाको मृत्यु भएको छ ।
सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । साथै करिब आधा दर्जन गम्भीर घाइते भएका छन् ।
थाक्रे गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रुपाखेतीले अहिलेसम्म दुईजनाको मृत्यु भएको र ६/७ जनालाई उपचारका लागि लगिएको जनाकारी आएको बताइन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले घटनाबारे जानकारी आएको बताउँदै प्रहरी र प्राविधिकहरुलाई त्यहाँ पठाउने तयारी गरिरहेको बताए ।
'हामीलाई राती खबर आयो, ट्रान्समिटर पड्किएको भनिएको छ । फेरि धेरै परपरका घरहरु समेत जलेका छन् भन्ने आएको छ, हामी प्रहरी र प्राविधिक टोलीलाई पठाउने तयारी गर्दैछौ' रेग्मीले भने ।
सो गाउँ पृथ्वी राजमार्गबाट ७ किलोमिटर माथि पर्छ । अहिले पानी परिरहेको र बाटो चिप्लो भएका कारण प्रहरीको गाडी घटनास्थलसम्म पुग्न नसक्ने भन्दै उनले प्रहरी र प्राविधिकलाई हिँडेरै पठाउन लागेको जानकारी दिए ।
‘हामी उद्दार र उपचारका लागि खटिएका छौं, त्यसपछि घटना किन भएको रहेछ, यसको कसले जिम्मेवारी लिने छानबिन गर्छौं । घटना गम्भीर छ, ट्रान्समिटर पड्किएर यसरी टाढाटाढाको गाउँ एकैपटक जलेको भन्ने थाहा थिएन’ प्रहरी उपरीक्षक रेग्मीले बताए ।
मृतकको पोस्टमार्टम र घाइतेको उपचारमा अहिले गाउँपालिका अध्यक्ष रामकुमार आचार्यसहितको टोली खटिएको छ । मृतकको शव अहिले खानीखोला प्रहरी कार्यालयमा ल्याइएको छ । घाइतेहरुलाई भने अस्पताल पठाइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण