बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

इतिहासमा आज – दोस्रो विश्वयुद्धमा हिट्लरद्वारा पराजय स्वीकार

बुधबार, १० वैशाख २०७७, ०९ : ५२
बुधबार, १० वैशाख २०७७

२२ अप्रिल, सन् १९४५ मा एडोल्फ हिट्लरले आफ्ना एक जर्नलमार्फत इबर्सवाल्डेमा भइरहेको रुसी आक्रमण रोक्न जर्मन सेना असफल भएको जानकारी पाए । लगत्तै उनले भूमिगत रुपमा बंकरमा बसेका आफ्ना सबै सैनिकलाई युद्धमा हार व्यहोरिसकेको र आत्महत्याबाहेक अर्को विकल्प नभएको बताए ।

हिट्लरको मूल्यांकन जसरी नै सोभियत सेना यतिबेलासम्म बर्लिनबाट ४० माइल्स दक्षिण पश्चिमस्थित ट्रियुयनब्रिटजेन पुगिसकेका थिए । उनीहरुले पिओडब्ल्यु क्याम्पमा रहेकाहरुलाई स्वतन्त्र गरिदिए, जसमा नर्वेली कमाण्डर ईन चिफ ओट्टो रुगको नाम समेत समावेश थियो ।

यसरी रुसी सेना बर्लिनतर्फ अघि बढेको ८ दिनपछि अर्थात् ३० अप्रिलमा हिट्लरले आत्महत्या गरे । ७ मे, १९४५ मा जर्मनीले गठबन्धन सेनासामु आत्मसमर्पण गर्दै सम्झौतामा हस्ताक्षर ग¥यो, यसपछि दोस्रो विश्वयुद्धअन्तर्गत युरोपको द्वन्द्व समाप्त भयो ।

अन्य महत्त्वपूर्ण घटनाक्रम

– आज पृथ्वी दिवस, सन् १९७० देखि पृथ्वीको पर्यावरण संरक्षणका लागि प्रयास गर्न यो दिवस मनाउन थालिएको हो । १ सय ९२ देशमा पृथ्वी दिवस मनाइन्छ ।

– सन् १८७०, रुसी क्रान्तिका सुत्रधार भ्लादिमिर लेलिनको जन्म ।

– सन् २०१६, १ सय ७० भन्दा बढी देशले जलवायु परिवर्तनबारे पेरिस सन्धीमा हस्ताक्षर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप