किम जोङ–उनको स्वास्थ्यबारे विभिन्न अनुमान
वासिङ्टनस्थित उत्तर कोरिया मोनिटरिङ प्रोजेक्टले स्याटलाइट इमेजको समीक्षा गरेर उत्तर कोरियाको रिजोर्ट टाउन वोनसनमा सम्भवतः किम जोङ–उनले प्रयोग गर्ने एउटा रेल खडा भएको बताएको छ । मोनिटरिङ प्रोजेक्ट ३८ नर्थका अनुसार रेल २१ अप्रिलमा वोनसनको लिडरशिप स्टेनमा पार्क गरिएको थियो ।
मोनिटरिङ प्रोजेक्ट ३८ नर्थका अनुसार यो स्टेशन किम जोङ–उनको परिवारका लागि सुरक्षित मानिन्छ । यो रिपोर्टलाई समाचार एजेन्सी रोयटर्सले प्रकाशित गरेको हो । मोनिटरिङ ग्रुपको रिपोर्टलाई रोयटर्सले स्वतन्त्र रुपमा पुष्टि गरेको छैन र यो किम जोङ–उनकै हो भनेर किटान पनि गरेको छैन ।
रिपोर्टमा भनिएको छ, ‘रेलको उपस्थितीले किम जोङ–उन कहाँ छन् र उनको स्वास्थ्य कस्तो छ भन्ने जानकारी हासिल गर्न सकिएको छैन । तर उनी देशको सबैभन्दा महत्वपूर्ण पूर्वी तटीय इलाकामा छन् भन्नेबारे भने पक्कै पत्ता लागेको छ ।’
दक्षिण कोरियाको राजधानी सोलस्थित समाचार वेबसाइट डेली एनकेको रिपोर्ट अनुसार किम जोङ–उन प्योङयाङको उत्तरी इलाकाको रिसोर्ट काउन्टी अफ ह्याग्सनमा स्वास्थ्य उपचार गराइरहेका छन् । डेली एनकेले यो खबर उत्तर कोरियामा रहेका एक नाम नखुलाएको स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी न्यूजइजका अनुसार किम सायद कोभिड–१९ को संक्रमणबाट बच्नका लागि वोनसममा बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण