कम्प्युटरमा काम गर्दा थाकेका आँखाका लागि घरेलु औषधि
एजेन्सी : लकडाउनका कारण यो समय प्रायः मानिसहरु कम्प्युटर, ल्यापटम, मोबाइल र टिभीमा लामो समय व्यतित गरिरहेका छन् । यसरी लगातार स्क्रीनको अगाडि बस्दा आँखामा नराम्रो असर पर्छ । जसको कारण कालो धब्बा देखिने जस्ता समस्याहरु पैदा हुन्छन् । यसका साथै आँखा थकित हुन्छ । आँखालाई यस्तो अवस्थामा सुरक्षित राख्न के गर्ने ?
घरेलु औषधिहरुः
टी ब्याग
चियाको पातमा क्याफिनको मात्रा धेरै पाइन्छ । यसले आँखा सुन्निएको कम गर्छ । र आँखामा रक्तसञ्चार गराउँन मद्दत गर्छ । त्यसैले टि ब्यागलाई चिसो बनाउन फ्रिजमा राख्नुहोस् र ५ मिनेटसम्म आँखामाथि राखेर बस्नुहोस् ।
काक्रो
थकित आँखाको लागि काक्रोले आनन्द प्रदान गर्नुका साथै मोस्चराइजरको पनि काम गर्छ । काक्रोको बोक्रा फालेर लेदो बनाएर यसलाई ३० मिनेटसम्म फ्रिजमा राख्नुहोस् । र आँखाको वरिपरि लगाएर २०/२५ मिनेट आराम गर्नुहोस् र चिसो पानीले पखाल्नुहोस् ।
आलु
आलुमा पाइने इन्जाइमले आँखाको कालो धब्बा हटाउन निकै मद्दत गर्छ । आलुलाई लेदो बनाएर ३० मिनेटसम्म फ्रिजमा राखेपछि आँखाको पूरै भागमा लगाएर २०/२५ मिनेट सम्म राख्ने र पानीले पखाल्ने ।
गुलाब जल
गुलाब जलले आँखालाई आराम दिलाउँछ । कटन प्याडलाई गुलाब जलले भिजाएर आँखामाथि राख्ने र १५ मिनेटसम्म आँखा बन्द गर्ने गर्नुपर्छ ।
नरिवलको तेल
नरिवलको तेलले आँखाको वरिपरिको कालो भाग, सुख्खापन र सुन्निनबाट बचाउँछ । त्यसैले आँखाको तल्लो भागमा दुई थोपा नरिवलको तेल राख्नुस् र हल्का मसाज गर्नुस् आँखा वरिपरि । यो राति सुत्नुअघि गरिने उपाय हो । र बिहान धुनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण