काममा फर्किँदै बेलायतका प्रधानमन्त्रीले भने, ‘लकडाउन कहिले खुल्छ भन्न सक्दिनँ’
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरसको संक्रमणको सन्दर्भमा बेलायत अझै ‘उच्च जोखिम’ को विन्दुमा रहेको बताएका छन् ।
आफै कोरोनाभाइरसबाट संक्रमित भएर स्वस्थ बनेपछिको पहिलो सार्वजनिक कार्यक्रममा जोनसनले लकडाउनलाई हतारमा चाँडै हटाएर बेलायती जनताको बलिदानलाई त्यतिकै खेर फाल्न नदिने बताएका हुन् ।
‘मलाई थाहा छ यो कठिन छ । म पनि अर्थतन्त्रलाई चाँडोभन्दा चाँडो चलायमान बनाउन चाहन्छु,’ उनले भने, ‘तर, म बेलायती जनताको बलिदानलाई खेर फालेर दोस्रो लहरको जोखिम मोल्न अस्वीकार गर्छु ।’
जोनसनले लकडाउनको नीति कहिले र कति चाँडो परिवर्तन हुन्छ भन्ने कुरा अहिले नै सरकारले यकिन गर्न नसक्ने स्पष्ट पारे ।
‘हामी अहिले नै कति चाँडो वा ढिलो वा कहिले ती परिवर्तन गरिनेछ भनेर भन्न सक्दैनौँ,’ उनले भने ।
लकडाउनका प्रतिबन्ध हटाउनुपर्ने नयाँ रणनीति तय गर्न दबाब बढिरहँदा सोमबारदेखि जोनसन काममा फर्किएका हुन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण