शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध विपक्षी गठबन्धन

मङ्गलबार, १६ वैशाख २०७७, ०६ : ४९
मङ्गलबार, १६ वैशाख २०७७

काठमाडौं – प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले दल फुटाउनका लागि अपहरण शैलीमा सांसदलाई नियन्‍त्रणमा लिने घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो।  बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी ‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् । 

सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको प्रकरणमा छानबिन तथा कानूनी कारवाही अगाडि बढाउन माग गरिएको छ। । बैठकले कोरोना भाइरसको सङ्क्रमण सन्दर्भमा गरिएको लकडाउन अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्नका लागि तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गरेको छ। साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक जाँचलाई तीव्रता दिन बैठकले माग गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप