सुदूरपश्चिम प्रदेशका ३७१ क्वारेन्टाइनमा १ हजार २९६ जना
कैलाली । सुदूरपश्चिम प्रदेशको ३७१ क्वारेन्टाइन स्थानमा १ हजार २९६ जना बसेका छन ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय डोटीले कोभिड–१९ को मिडिया ब्रिफिङ्गमा सो कुरा जनाएको हो ।
ती क्वारेन्टाइनमा महिला १७९ र १ हजार ११७ पुरुष गरी १ हजार २९६ जना बसेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए ।
यसमध्ये अछाममा १५, बैतडीमा १०५, बझाङमा २१, बाजुरामा ३०, डडेल्धुरामा २५, दार्चुलामा ४२, डोटीमा ४९, कैलालीमा ५७ र कञ्चनपुरमा २७ गरी जम्मा ३७१ स्थान छन् । जम्मा क्वारेन्टाइन बेड पनि ७ हजार ९०७ रहेको उनले बताए ।
अछाममा ४३५ बेड छन् भने क्वारेन्टाइनमा २ जना महिला र ६० जना पुरुष बसेको उनले बताए । बैतडीमा १ हजार २६ वेड क्षमता रहेका मा ११ जना महिला ७६ जना पुरुष बसेका छन्, बझाङमा ६३२ बेडमा ६ जना महिला र ८९ पुरुष रहेका छन् । बाजुरा ३४० बेडमा ४८ महिला १०४ जना पुरुष, डडेलधुरा ३८८ वेडमा ४ जना महिला २९ पुरुष र दार्चुला ८१५ बेडमा ४४ महिला र १६८ पुरुष बस्दै आएको उनले बताए ।
त्यसैगरी डोटी ९९३ बेडमा २६ महिला र ११७ पुरुष, कैलाली २६७२ बेडमा ३२ महिला र २८५ पुरुष, कञ्चनपुरमा ६०६ बेडमा ६ महिला १५३ पुरुष बस्दै गरेको उनले बताए ।
हालसम्म आरडीटी परिक्षणबाट १२ हजार ९८६ जनालाई गरेका मध्ये १२ हजार ९७६ जनामा नेगेटिभ देखिएको छ ।
१० जनामा पोजिटिभ थियो पीसीआर गर्दा सबैको नेगेटिभ आइसकेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । आरडिटी परिक्षण वाट १४६ जनाको भने त्रुटि आएको उनले बताए ।
अझै प्रदेशमा आरडीटी किट ५ हजार ८४३ मौज्दात रहेको उनले बताए । पिसिआरबाट २७७७ जनाको नमुना संकलनमध्ये २७७५ जनाको परीक्षण भएको छ । २७७० को नतिजा नेगेटिभ छ भने ५ जनाको मात्र पोजिटिभ देखिएको थियो । ५ जना मध्ये ४ जना निको भएर घर गइसकेका छन् भने १ जनाको भने सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य सामान्य नै रहेको कार्की ले वताए । २ जनाको नतिजा आउन बाँकी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण