मृत्युअघि इरफानले समर्थकलाई लेखेका थिए यस्तो कविता
हिँडिराख, कुनै भावना अन्तिम होइन
भगवानले हामी सबैसँग कुरा गर्छन्
जसरी उनले हामी सबैलाई बनाउँछन्
र,हामीसँग रातको समय शान्तसँग बाहिर हिँड्छन्
यी शब्दहरु हामीले मधुरो सुन्छौं
तिमी, आफ्नो स्मृतिबाट बाहिर निस्क
आफ्नो लालसाको सीमासम्म जाउ
मलाई फैलाउ
आगो जसरी फैल र ठूलो छाया बनाउ
जहाँ म हिंड्न सकूँ
तिमीमा सबै घट्न देउ– सुन्दरता र आतंक
केवल हिँडिराख
कुनै भावना अन्तिम होइन
मलाई आफै नगुमाउ
नजिकै एउटा देश छ, उनीहरु त्यसलाई जीवन भन्छन्
तिमीले गम्भीरता हेरेर यसलाई बुझ्नेछौं
मलाई तिम्रो हात देउ
(२०१८ मा इरफान उपचारका क्रममा लण्डनमा थिए । त्यहीं उनमा न्युरोइन्डोक्राइन ट्युमर भएको पत्ता लागेको थियो । २० मार्च ०१८ मा इरफानले आफ्ना समर्थकहरुमा आशा जगाउन यो कविता लेखेका थिए । इरफान त्यतिबेला क्यान्सर जितेर फर्र्किएका थिए । मंगलबार ५३ वर्षको उमेरमा उनको निधन भएको छ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण