ऋषि कपुरको अन्त्येष्टिमा को–को सहभागी भए ?
एजेन्सी । बिहीबार बिहान निधन भएका बलिउड अभिनेता ऋषि कुपुरको अन्त्येष्टि गरिएको छ । कपुरको मुम्बइस्थित श्मसानघाटमा अन्त्येष्टि गरिएको हो ।
६७ वर्षीय कपुरको बिहीबार बिहान ८ बजेर ४५ मिनेटमा निधन भएको थियो । बुधबार एक्कासि स्वास्थ्यमा गडबडी भएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना गरिएको भोलिपल्ट अर्थात बिहीबार बिहान उनको निधन भएको थियो । उनी क्यान्सर रोगसँग लड्दै आएका थिए । अन्त्येष्टि करिब २० जना सहभागी भएका थिए । त्यसमा परिवारका सदस्य र आफन्तहरुको सहभागिता रहेको थियो ।

उनको शवयात्रा कलाकारहरु नितु कपुर, रणबीर कपुर, सैफ अलि खान, करिना कपुर खान, आलिया भट्ट र अभिषेक बच्चन पनि सहभागी भएका थिए । कपुरकी छोरी रिद्धीमा कपुर साहनी भने लकडाउनका कारण पिताको अन्त्येष्टिमा सहभागी हुन सकिनन् । यद्यपि,उनी दिल्लीबाट मुम्बईका जानेछिन् । उनी लगायतलाई दिल्ली पुलिसले विशेष पासको व्यवस्था गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण