अमेरिकामा के भइरहेको छ ?
– अमेरिकामा हालसम्म ६३ हजार बढीको मृत्यु भइसकेको छ भने १० लाख ९५ हजार बढी संक्रमित भेटिएका छन् ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म यहाँ ६३ हजार ८ सय ५६ को मृत्यु भएको छ भने १० लाख ९५ हजार २३ जनामा संक्रमणको पुष्टि भइसकेको छ ।
संक्रमितमध्ये १५ हजार २ सय २६ जनाको स्थिती चिन्ताजनक छ भने १ लाख ५२ हजार ३ सय २४ जना निको भएर घर फर्किसकेका छन् ।
– राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक दुरीको अनिवार्यतालाई अघि नबढाउने बताएका छन् । अमेरिकामा शुक्रबारदेखि सामाजिक दुरीको नियम समाप्त हुँदैछ ।
– लस एन्जिलिस अमेरिकाको पहिलो यस्तो राज्य बन्यो जहाँ सबैलाई कोरोना परीक्षणका लागि निःशुल्क सेवा प्रदान गरिएको छ । यो सेवा संक्रमणको लक्षण देखिएको वा नदेखिएको लागि पनि लागू हुनेछ ।
– अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले अमेरिकाले प्रतिबन्ध र लकडाउनलाई निकै चाँडो खुकुलो बनाएको भन्दै यसले नकारात्मक असर पर्नसक्ने भन्दै चेतावनी दिएका छन् । उनले करोडौं खोप अर्को वर्षसम्म बनेर तयार हुनसक्ने अनुमान पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण