एकीकरण गर्ने सहमति राजपाद्वारा अनुमोदन : अनिल झा र राजकिशोर यादव पनि सहमत
काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीचमा भएको एकीकरणमा राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादवले पनि सहमति जनाएका छन् ।
दुई पार्टी बीच एकीकरणका लागि सैद्धान्तिक सहमति भएको दिन यी दुई नेता अनुपस्थित भएपछि एकीकरणबारे विभिन्न आशंका गरिएको थियो । तर उनीहरूले पनि त्यसमा हस्ताक्षर गरी सहमति जनाएपछि पार्टी दर्ताको प्रकृया अगाडि बढेको जनाइएको छ ।
बैशाख १६ गते बसेको तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलको बैठकले दुई दल बीचमा भएको सहमतिलाई अनुमोदन गरेको छ । एकीकरणका लाागि भएको सहमतिलाई अनुमोदन गर्ने माइन्युटमा अनिलकुमार झा र राजकिशोर यादवसहित तत्कालीन अध्यक्षमण्डलमा रहेका छ जना सदस्यकै हस्ताक्षर रहेको छ ।
समाजवादी पार्टीसँगको एकीकरण विषयलाई लिएर यी दुईजना नेताले शुरुदेखि नै फरकमत राख्दै आएका थिए । उनीहरूले अरु दलसँग एकिकरण गर्नु भन्दा पहिले आफ्नै पार्टी ब्यवस्थित हुनुपर्ने अडानमा थिए । ६ दल मिलेर बनेको राजपा नेपालको महाधिवेशन गरि व्यवस्थित भएर ढंगले समाजवादी पार्टी लगायत अन्य दलसँग एकीकरण गर्नुपर्ने तर्क उनीहरूको थियो ।
तर राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीले दुई दलबीच एकीकरण गरेर एकताको महाधिवेशन गर्ने तर्कसहित अगाडि बढेका थिए त्यसमा उनीहरू सफल भएका छन् ।
एकीकरणको सहमति अनुमोदन भएपछि दर्ता प्रकृया अगाडि बढेको छ । तत्कालीन समाजवादी पार्टी र राजपा नेपालले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्ने कार्य तीब्र पारिएको छ । सबैको हस्ताक्षर आइसकेपछि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाउनेछ । लकडाउनमा केन्द्रीय समितिको बैठक बोलाउन सम्भव नभएको कारण केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ । सोही हस्ताक्षरको आधारमा एकीकरणको प्रकृया अगाडि बढ्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण