उत्तर कोरियाली नेता किमको स्वास्थ्यसम्बन्धी समाचार किन आयो ?

सोल । उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सुचनाहरु सार्वजनिक भएको करिब तीन हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक गरेका छन् । त्यस समाचार र तस्बिर विश्वका कैयौँ सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् ।
यस समाचारलाई दक्षिण कोरियाली सञ्चारमाध्यमको माध्यमबाट अझ धेरै स्थानमा तथा विश्वव्यापी रुपमा पु¥याइएको पाइएको समाचारमा जनाइएको छ । यसअघि उनी गम्भीर रुपमा विरामी परेको समाचार कतिपयले दिएका थिए भने केहीले त उनको मृत्यु भएको समेत समाचार दिएका थिए । तर पनि उनी जिवीतै रहेको दक्षिण कोरियाको सुरक्षा एजेन्सीले केही दिनअघि सार्वजनिक गरेको थियो । सोही समाचारलाई सत्य ठहराउँदै उनी आज सार्वजनिक रुपमा देखिएका छन् ।
उनलाई केही दिनयता गम्भीर रुपमा विरामी रहेको अथवा कतिपयले त उनको निधन भएको भन्नेजस्ता समाचार दिएका थिए । तर यसै हप्ताको सुरुमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले कोरियाली सरकारको सूचनामा उनी स्वस्थ्य र जिवीतै रहेको पाएको समाचार दिएको थियो ।
दक्षिण कोरियाली सो एजेन्सीले उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको बताएको थियो । खासगरी उत्तर कोरियाली नेता उन अप्रिल १५ मा उत्तर कोरियाको एक महत्वपूर्ण कार्यक्रममा उपस्थित नभएपछि विश्वका सञ्चारमाध्यमहरुले उनको त्यस अनुपस्थितिबाट प्रश्न उठाएका थिए ।
त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिन थियो । त्यस अवसरमा उत्तर कोरियामा विशेष राष्ट्रिय कार्यक्रमको आयोजना गर्ने गरिन्छ । किम इल सुङ उत्तर कोरियाका संस्थापक हुन् । त्यस कार्यक्रममा उत्तर कोरियाली नेताको विशेष उपस्थिति हुने गर्दछ । तर त्यसदिन उनी किन त्यहाँ उपस्थित भएनन् भन्ने प्रश्नबाट नै उनको स्वास्थ्यसम्बन्धी चासो बाहिर आएको मानिन्छ । यसै घटनालाई लिएर केहीले उनी गम्भीर विरामी रहेको त केहीले उनको निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए ।
दक्षिण कोरियाकै केही पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएका थिए । पछि सो पत्रिकाले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै उनको स्वास्थ्यमा सुधार हुँदै गएको भनेर पनि समाचार दियो ।
उनको बारेमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । सन् २०१४ मा पनि उनको गम्भीर प्रकृतिको शल्यक्रिया गरिएको र स्वास्थ्य गम्भीर रहेको समाचार दिइएको थियो । लामो समयपछि उनी सार्वजनिक भएका थिए । यतिखेर उनी सार्वजनिक भइसकेपछि पनि अब उनको उत्तराधिकारी को होला भन्ने विषयमा विभिन्न सञ्चारमाध्यमहरुले समाचार खोजी गर्न थालेका छन् । साथै यतिखेरका विश्वका विभिन्न देशका सञ्चारमाध्यमहरुले उत्तर कोरियाको आणविक कार्यक्रम र आणविक वार्ता कहाँ पुग्यो भनेर पनि समाचार दिन थालिरहेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्ले–अफ चरणमा पुग्न आतुर मुम्बई र जित्नै पर्ने दबाबमा रहेको दिल्ली आपसमा भिड्दै
-
बडागाउँ र वामी जोड्ने झेँदी पुल निर्माण सम्पन्न
-
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन, विश्वव्यापी सहकार्यमा जोड
-
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
-
साइबर कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ उठाउँदै