साइबर कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी
सारांश
- ओखलढुङ्गा प्रहरीले साइबर अपराधबारे सचेतना जगाउन विद्यालयमा कक्षा सञ्चालन गरेको छ। कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई लक्षित गरिएको छ।
- यो अभियान सिद्धिचरण नगरपालिकाको जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको हो र जिल्लाभरका विद्यालयमा विस्तार गरिनेछ।
- स्थानीय शिक्षक र समुदायले यस कदमको प्रशंसा गरेका छन्, र दुर्गम क्षेत्रका विद्यालयमा पनि यस्ता कक्षा सञ्चालन गर्न जोड दिएका छन्।
ओखलढुङ्गा । साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ । सिद्धिचरण नगरपालिका–११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध न्यूनीकरणबारे सचेतना कक्षा ओखलढुङ्गाका सबै पालिकाका विद्यालयमा सञ्चालन हुने जिल्लाका प्रहरी प्रमुख मदन केसीले बताए ।
जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले अभियानबाट विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । ‘प्रहरी मेरो साथी’ भनाइलाई यस्ता अभियानले सार्थक बनाउने उनले बताए । यसैबिच, जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा पनि कक्षा सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा बालविवाह र लागुऔषधविरुद्ध कार्यक्रम सञ्चालन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण