बामदेवको यात्रा मोडिएपछि खतिवडा सुरक्षित
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमार्फत उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधि सभामा पठाउने निर्णयसँगै हाल सांसदबिनै मन्त्री रहेका डा. युवराज खतिवडालाई राष्ट्रियसभाको सांसद बन्न सहज हुने भएको छ ।
यसअघि २ वर्षका लागि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित खतिवडाको २ वर्षे कार्यकाल फागुन २० मा सकिएको थियो ।
त्यसअघि रिक्त हुने र राष्ट्रपतिबाट मनोनित गरिने उक्त पदमा नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई लैजान सरकारलाई सिफारिस गरेको थियो । तर, सचिवालयको निर्णयमा प्रधानमन्त्री केपी ओलीले आलटाल गर्दै आएका थिए ।
फागुन २० मा समयावधि सकिएपछि मन्त्री पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्रीले पुनः नियुक्ति गरेका थिए । उता, गौतमले समेत राष्ट्रिय सभामा दावी गरिरहेका बेला खतिवडाले राष्ट्रियसभामा निरन्तरता पाउँछन् या ६ महिनापछि मन्त्रीबाट बाहिरिन्छन् भन्ने अड्कलवाजीहरु भइरहेका थिए ।
तर शनिबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा पठाउने निर्णय गरेपछि अव राष्ट्रपतिबाट मनोनिति हुने सो पदमा खतिवडाकै निरन्तरता हुने सम्भावना बढेको छ । नेकपाभित्रकै बहुसंख्यक नेताहरूको अरुचिकै बीच सत्ता यात्रा अघि बढाएका खतिवडालाई प्रधानमन्त्री केपी ओलीको दरिलो साथ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण