स्पेनका चार टापुमा आजदेखि लकडाउन खुकुलो बनाइदै
स्पेनमा युरोपकै सबैभन्दा कडा लकडाउन लागु गरिएको छ । तर, अब त्यहाँ बिस्तारै लकडाउनलाई खुकुलो बनाउन शुरु गरिएको छ । पहिलो चरणमा अहिले देशका चारवटा टापुमा लकडाउनलाई सहज पार्न सुरु गरिएको छ ।
यसमा क्यानेरिजका ला गोमेरा, ला ग्रासिओसा र एल हिएरो र बालेरिक्सको फोर्मेन्टेरामा लकडाउनलाई सहज बनाइनेछ । सरकारले गत हप्ता यसबारे योजना ल्याएको थियो ।
पहिलो चरणमा निम्न गरिनेछः
१. यात्राको प्रतिबन्धलाई थप खकुलो बनाइनेछ
२. व्यवसायमा प्रतिबन्ध घाइनेछ ।
३. निश्चित दुरी कायम गरेर १० जनासम्म भेला हुन पाइनेछ ।
४. अन्तिम संस्कारका लागि १५ जनासम्म भेला हुन पाइनेछ ।
धेरै समय यता यी चार टापुमा नयाँ संक्रमित फेला नपरेका कारण यहाँ चाँडै लकडाउनलाई सहज बनाउन लागिएको देशको स्वास्थ्य आपत्कालका निर्देशक फर्नान्डो सिमोनले आइतबार जानकारी दिएका थिए ।
तर, टापु प्रवेश गर्नेहरुले अनिवार्यरुपमा र्यापीड एन्टीबडी परीक्षण गर्नुपर्नेछ । पहिलो चरणमा स्पेनले टापुमा जाने सबैलाई परीक्षण गरिनेछ । यसमा पोजेटिभ देखिए ती व्यक्तिको पीसीआर परीक्षण गरिनेछ । शुरुमा टापुका वासिन्दा र अत्यावश्यक कामदारलाई मात्र प्रवेशको अनुमति दिइनेछ ।
गत मार्चमा आपत्काल घोषणा गरेपछि स्पेन सात हप्ता लामो राज्यव्यापी लकडाउनमा थियो । स्पेनमा पछिल्लो समय कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या घट्दो छ ।
हालसम्म देशमा २ लाख ४७ हजार बढी संक्रमित फेला परेका छन् भने २५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
स्रोतः सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण