सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्पेनका चार टापुमा आजदेखि लकडाउन खुकुलो बनाइदै

सोमबार, २२ वैशाख २०७७, १६ : १४
सोमबार, २२ वैशाख २०७७

स्पेनमा युरोपकै सबैभन्दा कडा लकडाउन लागु गरिएको छ । तर, अब त्यहाँ बिस्तारै लकडाउनलाई खुकुलो बनाउन शुरु गरिएको छ । पहिलो चरणमा अहिले देशका चारवटा टापुमा लकडाउनलाई सहज पार्न सुरु गरिएको छ ।

यसमा क्यानेरिजका ला गोमेरा, ला ग्रासिओसा र एल हिएरो र बालेरिक्सको फोर्मेन्टेरामा लकडाउनलाई सहज बनाइनेछ । सरकारले गत हप्ता यसबारे योजना ल्याएको थियो ।

पहिलो चरणमा निम्न गरिनेछः

१. यात्राको प्रतिबन्धलाई थप खकुलो बनाइनेछ

२. व्यवसायमा प्रतिबन्ध घाइनेछ ।

३. निश्चित दुरी कायम गरेर १० जनासम्म भेला हुन पाइनेछ ।

४. अन्तिम संस्कारका लागि १५ जनासम्म भेला हुन पाइनेछ ।

धेरै समय यता यी चार टापुमा नयाँ संक्रमित फेला नपरेका कारण यहाँ चाँडै लकडाउनलाई सहज बनाउन लागिएको देशको स्वास्थ्य आपत्कालका निर्देशक फर्नान्डो सिमोनले आइतबार जानकारी दिएका थिए ।

तर, टापु प्रवेश गर्नेहरुले अनिवार्यरुपमा र्यापीड एन्टीबडी परीक्षण गर्नुपर्नेछ । पहिलो चरणमा स्पेनले टापुमा जाने सबैलाई परीक्षण गरिनेछ । यसमा पोजेटिभ देखिए ती व्यक्तिको पीसीआर परीक्षण गरिनेछ । शुरुमा टापुका वासिन्दा र अत्यावश्यक कामदारलाई मात्र प्रवेशको अनुमति दिइनेछ ।

गत मार्चमा आपत्काल घोषणा गरेपछि स्पेन सात हप्ता लामो राज्यव्यापी लकडाउनमा थियो । स्पेनमा पछिल्लो समय कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या घट्दो छ ।

हालसम्म देशमा २ लाख ४७ हजार बढी संक्रमित फेला परेका छन् भने २५ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

स्रोतः सीएनएन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप