कामना सेवाको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा
मङ्गलबार, २३ वैशाख २०७७, १५ : ५७
काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसकोे कारणले आम जनमानसमा ठूलो प्रभावपारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कामना सेवा विकास बैंकले कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले अहिलेको अवस्थाप्रति जिम्मेवार बन्दैे आम जनतालाई कोरोना उपचार खर्चमा सहयोग गर्न सकियोस भन्ने उद्देश्यका साथ बिमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको हो ।
नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम मौज्दात रकम रु ५००० रहनेछ । यो खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण भएको कुरा पीसीआर टेष्टद्वारा पुष्टि भएमा रु ५०,००० को बिमा रुकम प्रदान गरिनेछ । कामना सेवाको वेबसाइटमा गई अनलाइनबाट पनि यो खाता सजिलै खोल्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण