कोरोनाको कहरबीच भारतमा देखियो अफ्रिकी स्वाइन फ्लू
भारतको असममा अफ्रिकी स्वाइन फ्लूका कारण हालसम्म साढे दुई हजार बढी सुँगुरको मृत्यु भइसकेको छ ।
असमको सातवटा जिल्लामा सोमबारसम्म करिब ३०६ गाउँमा २५ सयभन बढी सुँगुरको मृत्यु भएको ।
एकातर्फ राज्य सरकारको पूरा प्रशासन कोरोनाभाइरस महामारी नियन्त्रणमा लागेको छ भने अर्कोतर्फ प्रदेशमा अफ्रिकी स्वाइन फ्लू देखिएपछि सरकारको तनाव एकाएक बढेको छ । राज्य सरकारका अनुुसार प्रदेश सरकारमा पहिलो पटक अफ्रिकी स्वाइन फ्लू देखिएको हो । यो एक घातक रोग हो जुन हाल घर पालुवा सुँगुँमा मात्रै देखिएको छ । यो फ्लूबाट संक्रमित सुँगुरको शत प्रतिशत मृत्यु हुन्छ ।
के अफ्रिकी स्वाइन फ्लू सँगुरबाट मानिसमा सर्छ ? यो प्रश्नको जवाफमा असम पशुधन निगमका अध्यक्ष मनोज सैकियो भने, ‘असममा अफ्रिकी स्वाइन फ्लूको यो पहिलो घटना हो र हालसम्म प्राप्त जानकारी अनुसार यो मानिसमा फैलिदैन र न नै यो फ्लूको कोभिड–१९ संक्रमणसँग कुनै सम्बन्ध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण