कोरोनाभाइरसः राष्ट्रपति पुटिनले संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि जारी गरे चेतावनी
बिहीबार, २५ वैशाख २०७७, ०६ : ४६

रुसका राष्ट्रपति पुटिनले कोरोनाभाइरसको बढ्दो संक्रमित भेटिएपछि चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो चार दिनदेखि रुसमा कोरोनाभाइरस संक्रमितको संख्यामा अत्यधिक वृद्धि भएको छ ।
हालसम्म रुसमा संक्रमितको संख्या १ लाख ६५ हजारभन्दा बढी छ भने मृतकको संख्या १५ सय ३७ पुगिसकेको छ ।
यद्यपि, यहाँ आवतजावत माथि लागेको रोकको प्रतिबन्ध भने हट्ने भएको छ ।
राष्ट्रिपति पुटिनले लगातार चौथो दिन १० हजार नयाँ संक्रमित भेटिएपछि चेतावनी जारी गरेका छन् । उनले आवतजावतमा प्रतिबन्ध हटाइएपछि मानिसहरुले संयमित भएर काम गर्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले गरे प्रमुख सचेतक र कानुन मन्त्रीसँग छलफल
-
अमेरिकामा ६० खेलपछि कस्तो छ मेस्सी र पेलेको कीर्तिमान ?
-
रास्वपामा विभागीय प्रमुख हेरफेर, नीति तथा विचार प्रमुखमा वाग्ले
-
काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे
-
अमेरिकाले फेरि थाल्यो विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया
-
भिजिट भिसा प्रकरणमा थप सशक्त ढंगले अगाडि बढ्न रास्वपाको निर्देशन