अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी सहयोगी कोरोना संक्रमित
शनिबार, २७ वैशाख २०७७, ०७ : ०५
अमेरिकाका उप–राष्ट्रपति माइक पेन्सकी एक शीर्ष सहयोगीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसको अघिल्लो दिनमात्रै ह्वाइट हाउसका एक सदस्यको पनि परीक्षण पेजेटिभ आएको थियो ।
माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलर कोरोनाभाइरसद्वारा संक्रमित भएकी हुन् । शुक्रबार यसबारे जानकारी दिइएको हो ।
बिहिबार मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक सहयोगी कोरोनाभाइरसद्वारा संक्रमित थिए ।
ह्वाइट हाउसले अब दैनिक रुपमा माइक पेन्स र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कोरोना परीक्षण गर्न सुरु गरेको छ ।
ह्वाइट हाउसले राष्ट्रपतिलाई सुरक्षित राख्नका लागि आवश्यक सावधानी पालना गरेको दाबी गरेको छ ।
अमेरिकामा मृतकको संख्या ७६ हजार पार भएको छ । अर्कोतर्फ अमेरिकाका विभिन्न राज्य क्रमशः खुल्ला हुन थालेका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण