पिट्यूटरी ग्लाण्ड : मानिसलाई पुड्को र अग्लो बनाउने काम यसैले गर्छ !
मानव शरीर विकासको लागि आवश्यक हर्मोनहरुको उत्पादन पिट्यूटरी ग्लाण्डको एन्टोरिया लोब (Anterior lobe of pituitary gland) मा हुन्छ । यस हर्मोनले एमिनो एसिडको ग्रहण एवं बोसोको प्रणालीलाई नियन्त्रण गर्दछ । त्यसै गरी, यस हर्मोनले कलेजोमा उत्पादन हुने सोमाटोमेडिन (Somatomedin) नामक हर्मोनको उत्पादनलाई पनि उत्प्रेरित गर्दछ, जुन हर्मोनले हाम्रो हड्डीको विकासमा भूमिका निर्वाह गर्दछ ।
उता शरीर बृद्धि गराउने हर्मोनको उत्पादनको गति पनि कसरत, तनावको अवस्था, शरीरमा ग्लूकोजको कम आपूर्ति तथा शरीरमा इन्सुलिन एवं एस्ट्रोजिन हर्मोनको मात्रामा पनि निर्भर गर्दछ । त्यसैगरी, मस्तिष्कको एउटा हिस्सा हाइपोथालामस (Hypothalamus) ले उत्पादन गर्ने प्रोटिन सोमाटोस्टाटिन (Somatostatin) ले पनि शरीर बृद्धि गराउने हर्मोनको उत्पादनमा भूमिका खेल्छ ।
माथि उल्लेखित प्रणालीहरुको गडबडीले शरीर बृद्धि गराउने हर्मोनहरुको उत्पादन अत्यधिक मात्रामा गराउन वा कम मात्रामा गराउन सक्दछ । शरीरमा हर्मोनको बढी उत्पादन हुन गएमा हात खुट्टा लामा हुने र शरीर अति अग्लो हुने समस्या (Gigantism) देखिन सक्छ । त्यसको विपरीत कम उत्पादनले बाम पुड्को हुने (Dwarfism) समस्या देखिन सक्छ ।
त्यसो त वैज्ञानिकहरुले प्रयोगशालामा नै मानवको शरीर विकास गराउने हर्मोन बनाउन सफलता प्राप्त गरिसकेका छन् । त्यसलाई जेनेटिक इन्जिनियरिंगको क्षेत्रमा एउटा ठूलो उपलब्धिको रुपमा लिने गरिन्छ । त्यसले बच्चाहरुमा शरीर बृद्धि गराउने हर्मोनको उत्पादन कम हुने तथा बाम पुड्को हुने समस्याको निदान गराउन सकिने अवस्था पैदा भएको छ ।
Title Photo: https://i.pinimg.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण