इतिहासमा आज – २० वर्षअघि भारतको जनसंख्या १ अर्ब पुगेको घोषणा
आज मे ११ । सन् २००० मा औपचारिक रुपमै भारतको जनसंख्या १ अर्ब नाघेको घोषणा गरियो । दिल्लीस्थित सफ्दर्गन्ज अस्पतालमा मे १० मा जन्मिएकी आस्था नामक शिशुलाई सांकेतिक रुपमा देशको १ अरब औं व्यक्ति घोषणा गरियो ।
१ अर्बभन्दा बढी जनसंख्या हुने विश्वका केवल दुई देशमध्ये भारत एक हो । भारतभन्दा अघि नै चीनको जनसंख्या अर्बभन्दा माथि थियो ।
यसअघि सन् १९९१ मै भारतको जनसंख्या ८४ करोड ६० लाख थियो । त्यसको ९ वर्षपछि संयुक्त राष्ट्रसंघ जनसंख्या कोष र भारत सरकारले जनसंख्या १ अर्बमा पुगेको घोषणा गरे । यद्यपी, यो जनसंख्या भारतको वृद्धिदरमा आधारित थियो । त्यसयता, भारत सरकारले आफ्ना नागरिकलाई सानो परिवार बनाउन प्रेरित गर्ने उद्देश्यले अभियान पनि चलाएको थियो ।
१ जनवरी २०२० को तथ्याङ्कअनुसार भारतको पछिल्लो जनसंख्या १ अर्ब ३८ करोड ७२ लाख माथि छ । विश्वको सबैभन्दा ठूलो जनसंख्या चीनमा छ । यहाँ २०२० को पछिल्लो आँकडाअनुसार १ अर्ब ४३ करोड ९३ लाखाभन्दा धेरै जनसंख्या छ ।
अन्य घटनाक्रम
सन् १८१४– प्लेटवर्गको लडाँइमा अमेरिकीहरुले अंग्रेजलाई हराए ।
सन् १९५५– इजरायलले गाजामा हमला ग¥यो ।
सन् १९५६– बेलायतको शासनबाट गोल्डकोस्ट मुक्त भएको घोषणा, गोल्ड कोस्टको अहिलको नाम घाना हो ।
सन् १९६५– बंगलादेशमा चक्रावती तुफानका कारण १७ हजार मानिसको मृत्यु ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण