सगरमाथा मापनको काम सकियो
काठमाडौं– झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ। नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ। यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।
विभागले एक अन्तर्राष्ट्रिय गोष्ठी गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो। तर लकडाउनका कारण अन्तर्रा्ष्ट्रिय गोष्ठी गर्न नसकिएको विभागका सूचना अधिकारी दामोदर ढकालले जनाए। सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो। सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो।
केही महिनाभित्र सगरमाथा मापनको उचाइ घोषणा गर्ने तयारी विभागका अधिकारीले गरेका छन्। ‘फिल्डको काम पूरा भएको छ। डाटा प्रोसेसिङको काम सकिएपछि उचाइ घोषणा गर्छौं,’ ढकालले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण