पुनम पाण्डेले पक्राउ परेको खबर गरिन् खण्डनः भिडियोमा भनिन्, ‘म घरमा फिल्म हेरिरहेकी थिएँ’
मङ्गलबार, ३० वैशाख २०७७, १३ : ०४
मोडल पुनम पाण्डेले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै त्यो खबर खण्डन गरेकी छिन् जसमा उनले लकडाउनको नियम उल्लंघन गरेकोमा मुम्बई पुलिसले पक्राउ गरेको बताइएको थियो । पुनमले सोमबार यसबारे भिडियो बनाएर जानकारी दिइन् । आफू घरमा नै भएको र ठिक रहेको पनि बताइन् ।
यो पनिः
यसअघि मोडल तथा नायिका पुनम सिंह उनका एक साथी सेफ अहमदसँग मरिन ड्राइभमा लग्जरी कारमा घुमिरहेका कारण पक्राउ परेको भन्ने खबर भारतीय मिडियाले प्रकाशित गरेका थिए ।
पुनम सन् २०११ को विश्वकपका बेला अत्यधिक चर्चामा आएकी थिइन् जब उनले टिम इन्डियाले जितेको खण्डमा नग्न हुने घोषणा गरेकी थिइन् । उनले सन् २०१३ मा बलिउड फिल्म नशाबाट डेब्यू गरेकी थिइन् जसमा उनी एक शिक्षकको भूमिकामा थिइन् । पुनम आजकाल आफ्नो मोबाइल एपमा व्यस्त छिन् जसमा उनी आफ्ना फोटो र भिडियो सेयर गरिरहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
