अपडेट : प्रदेश ५ कोरोनाको ‘हट स्पट’ बन्दै : संक्रमितको संख्या दैनिक थपिँदै
बुटवल । प्रदेश नम्बर ५ मा कोरोनाभाइरस संक्रमितको संख्या दैनिक रुपमा बृद्धि हुँदै गएको छ ।
प्रदेश ५ मा मंगलबार थप १७ जना कोरोना संक्रमित परेपछि कोरोनाको ‘हट स्पट’ बनेको छ । आज रुपन्देहका ९ जना र कपिलबस्तुमा ८ जना संक्रमित फेला परेका हुन् । यसअघि सोमबार पनि कपिलबस्तु, रुपन्देही र बर्दिया जिल्लामा गरेर २३ जना थपिएका थिए ।
योसँगै प्रदेशमा संक्रमितको संख्या ७० पुगेकाे छ । भारतको मुम्बई र दिल्लीबाट आउनेहरुमा सबैभन्दा बढी संक्रमण देखिएको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाका क्वारेन्टाइनहरुमा परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या बढ्दै गएको हो।
प्रदेश ५ मा आज भेटिएका १७ जना कोरोना संक्रमित भारतबाटै आएको खुलेको छ । आज कपिलवस्तुका एक महिला सहित ८ जना नै कलिपलबस्तु नगरपालिकाका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।
रुपन्देहीमा भेटिएका ९ जना लुम्बिनी सांस्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिकाका रहेको निर्देशनालयले जनाएको छ ।उनीहरु पनि भारतबाटै लुकेर आइ क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको स्वाब अस्ती काठमाडौं लगिएको थियो ।
प्रदेशमा आज थपिएका १७ सहित संक्रमितको संख्या ७० पुगेको हो । तीमध्ये ४७ जना लुकिछिपी नेपाल प्रवेश गरेका हुन् ।
प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा कोरोना पुष्टि भएको छ ।
उनीहरु भारतीय सीमाबाट लकडाउनकै बीच सुरक्षाकर्मीलाई छल्दै नेपाल प्रवेश गरेका थिए।
कोरोना संक्रमण बृद्धि भएपछि बाँकेको नेपालगञ्ज सिल गरिएको छ भने कपिलबस्तुमा हिजो साझँदेखि जेठ ५ बजेसम्म जिल्ला सिल गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौड्यालले बताए । बाँके र बर्दियाका संक्रमितको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।
कपिलबस्तु र रुपन्देहीका संक्रमितहरु बुटवलको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।
आज थपिएकालाई पनि साँझसम्म बुटवल ल्याउने तयारी भएको प्रवक्ता चौधरीले बताए प्रदेश ५ का १२ वटा जिल्ला मध्ये तराईका ६ जिल्लाहरु जोखिम मानिन्छ । जसमा ४ वटा जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण