दुई जनामा कोरोना संक्रमण देखिएपछि भक्तपुरमा उच्च सर्तकता, चाँगुनारायणले तीन सय जनाको परीक्षण गर्दै
भक्तपुर । एक पुरुष र एक जना महिलामा कोराना देखिएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सर्तकता अपनाउने भएको छ । सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि हाल टेकु अस्पतालमा भर्ना गरिएको छ ।
यसैगरी भक्तपुरमै मंगलबार कोरोना पुष्टि भएका अर्का एक जना पूर्वमन्त्री भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान हुन् । उनी एक महिना अगाडीबाट डीयुटीमा नगएका बताइएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्बर १, दुवाकोट बस्ने उनको स्थायी घर रामेछाप हो । बिरामी श्रीमतीको उपचार गर्न उनी घरमै बस्दै आएको थिए ।
कोरोना संक्रमण देखिएका दुई जनालाई टेकुमा भर्ना गरिएको छ । सशस्त्र प्रहरीका परिवारको टेकु अस्पतालमा र नर्ससंगै बस्ने साथीको भक्तपुर अस्पतालमा पीसीआर टेस्टको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रातोपाटीलाई जानकारी दिएकी छिन् । स्रोतका अनुसार नर्ससँगै बस्ने साथी भक्तपुर शहिद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा कार्यारत हुन् ।
संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ । संक्रमित २७ वर्षीय पुरुषमा कसरी संक्रमण स-यो भन्ने कुरा प्रष्ट हुन सकेको छैन । उनले आफू कतै बाहिरबाट पनि नआएको भनेका कसरी सर्यो भन्नेमा अन्यौल देखिएको छ ।
प्रशासनको तयारी के छ ?
प्रमुख जिल्ला अधिकारी पाण्डेको अनुसार दुबै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको छ । उनीहरुको केही दिन यताको भेटघाट र गतिविधिको बारेमा जानकारी प्रशासनले लिएको छ । भक्तपुर भित्रने र बाहिरने नाकामा कडाई गर्ने तयारी गरेको हो ।
जडिबुटी, पेप्सीकोला, जगाती, नाला, नगरकोट, तेलकोट, सुडाल, काक्रेबारी, रानीकोट, सिरुटार, मनोहरा, चाँगुलगायतका एक दर्जन भन्दा धेरै नाकाहरुबाट भक्तपुरमा प्रवेश गर्न र बाहिरिन सकिन्छ ।
मुख्य नाकामा प्रहरीको बाक्लो उपस्थिती हुने भएकाले मानिसहरु लुकुछुपी साना नाकाबाट भक्तपुर भित्रने र बाहिर जाने गरेका छन् ।
नगरपालिकाले ३ सय जनाको स्वास्थ्य परीक्षण गर्ने
चाँगुनारायण नगरपालिकाले वडा नम्बर–१ मा बस्दै आएका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । नगरपालिकाले त्यस स्थान वरपर र नगरका अन्य स्थानका करिब ३ सयको स्वायव परीक्षण गरिने भएको छ ।
नगरप्रमुख सोमप्रसाद मिश्रले भने, ‘हामीले केहीदिन यता परीक्षण गर्ने तयारी गर्दै थियो, हिजो हाम्रैमा संक्रमण देखियो, अब तत्कालै परीक्षण गर्छौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
