गुलेली शैलीको नेपालकै अग्लो र नमुना पिङ
पर्वत– विश्वकै दोस्रो अग्लो बन्जी संन्चालन सुरु गरेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा नेपालकै अग्लो र नमुना पिङ बनाएको छ।
बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथी बाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।
जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङ भन्दा फरक छ। यो गुलेलीको शैलीमा निर्माण गरिएको छ । सामान्यतया पिङमा अरुले हल्लाइदिनु पर्ने हुन्छ तर यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मच्चिन्छ।

पिङ निर्माण र सन्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरिको प्रयोग गरिएको कार्कीले बताए।
भारतीय इन्जिनियर जग्मोहन जाङ्ग्राले पिङको डिजाइन गरेका हुन। उनैको प्राबिधिक सुझावका आधारमा पिङ निर्माण गरिएको द क्लिफले जनाएको छ।
विश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले सो क्षेत्रलाई एडभेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने अध्यक्ष कार्कीले बताए।

कोरोना भाइरसको महामारीका कारण यतिवेला मुलुकमा लकडाउन गरिएको छ । अतः कोरोना नियन्त्रणमा आएलगत्तै बन्जी, स्विङ, स्काई साइक्लीङ र पिङ संचालनमा आउने द क्लिफले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण