लकडाउनमा बेली डान्स सिक्दै अभिनेत्री ऋचा
मुम्बई । कोरोनाको त्रासका कारण भारत सरकारले देशभर लकडाउन गरेको छ । यस्तो अवस्थामा साना तथा ठुलापर्दाका सबै कलाकार घरभित्र सिमित हुन पुगेका छन् । लकडाउनका कारण फिल्म तथा टिभी सिरियलका सबै प्रकारका सुटिङ लगायतका काम समेत स्थगित भएका छन् । यो समय अधिकांश कलाकार सामाजिक सञ्जालमार्फत नै फ्यानसँग जोडिने गरेका छन् ।
इन्स्टाग्राममा सक्रिय अभिनेत्रीहरु मध्यमा ऋचा चड्ढा पनि एक हुन् । उनी लकडाउनको समय सदपयोग गर्दै घरमा बेली डान्स सिकिरहेकी छन् । उनी आफैंले सामाजिक सञ्जालमार्फत आफुले बेली डान्स सिकिरहेको जानकारी दिएकी हुन् ।
ऋचाले बेली डान्स सिक्दै गरेको आफ्नो एक भिडियो समेत सामाजिक सञ्जालमार्फत शेयर गर्दै लेखेकी छन् ‘म अहिले नयाँ कला सिक्दैछु ।’ ऋचाले सामाजिक सञ्जालमार्फत शेयर गरेको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियो तथा ऋचाको पोष्टलाई धेरैले प्रतिक्रिया समेत जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
-
१२ बजे १२ समाचार : यस्ता छन् मुख्यमुख्य घटनाक्रम
-
नाटकीय खेलमा अर्जेन्टिनाको सानदार विजय, इजिप्ट प्रतियोगिताबाट बाहिरियो
-
अर्जेन्टिनाले बनायो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण