जापानका अधिकांश स्थानमा हटाइयो आपतकाल
शुक्रबार, ०२ जेठ २०७७, ०० : ०८
एजेन्सी । जापानका अधिकांश स्थानमा आपतकाल हटाइएको छ । कोरोना संक्रमितहरुको संख्यामा आएको तिब्र गिरावटपछि जापानले उक्त कदम चालेको हो । जापानका प्रधानमन्त्री सिञ्जो आबेले बिहीबार एक घोषणामार्फत मुलुकका ४७ प्रान्तमध्ये ३९ प्रान्तमा आपतकाल हटाइएको जानकारी दिएका छन् । यद्यपि, राजधानी टोकियो, ओसाका र होक्काइडोमा आपतकाल जारी रहनेछ । किनभने ती क्षेत्रमा दैनिक नयाँ संक्रमितहरु देखिइरहेका छन् ।
प्रधानमन्त्री आबेले भने, यदि सम्भव भयो भने बाँकी क्षेत्रमा पनि मे ३१ भन्दा पहिले नै आपतकाल हटाइनेछ ।’ जापानमा अहिलेसम्म १६ हजार ४९ जना कोरोना संक्रमित फेला परेका छन् भने ६ सय ७८ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण