विश्वभर कोराना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख नाघ्यो
एजेन्सी । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख १ हजार ५ सय ५८ पुगेको छ । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ४४ लाख ९० हजार ९ सय ५८ पुगेको छ ।
अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ८६ हजार ४० जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितहरुको कूल संख्या १४ लाख ४१ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १० हजार ७ सय ७ जना नयाँ संक्रमित देखिएका छन् भने ८ सय ४३ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेलायतमा अहिलेसम्म ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ३३ हजार १ सय ५१ जना संक्रमित देखिएका छन् । त्यहाँ पछिल्ला चौबिस घण्टामा ३ हजार ४ सय ४६ जना नयाँ संक्रमित देखिएका छन् भने ४ सय २८ जनाको मृत्यु भएको छ ।
उता, रसिया कूल संक्रमितहरुको संख्यामा संख्या २ लाख ५२ हजार २ सय ४५ रहेको छ भने मृतकको संख्या २ हजार ३ सय ५ रहेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९ सय ७४ जना नयाँ संक्रमित देखिए भने ९३ जनाको मृत्यु भएको छ ।
त्यस्तै, स्पेन कूल संक्रमितहरुको संख्यामा अमेरिकाभन्दा दोश्रो स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या भने कूल २७ हजार ३ सय २१ रहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ७ सय ९३ जनाको मृत्यु भएको छ भने ६५ हजार ३ सय २ जना नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म विश्वभर १६ लाख ९० हजार ६६९ जना संक्रमित बिरामी निको भएर घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण