विवाहको तयारीमा रहेका सञ्जय र माधुरीको यसकारण टुटेको थियो सम्बन्ध
एजेन्सी : बलिउड फिल्म क्षेत्रकी सदाबहार अभिनेत्री माधुरी दीक्षित ५३ वर्षकी भएकी छन् । मन्द मुस्कानका कारण हर कोहीको मनमा बस्न सफल अभिनेत्री माधुरीको जन्म १९६७ को मे १५ मा भएको थियो । उनी मराठी परिवारमा जन्मिएकी हुन् ।
अभिनयमा अब्बल माधुरी पढाईमा पनि उत्तिकै तेज थिइन् । उनले माइक्रोबायोलोजी विषयमा अध्ययन गरेकी छिन् । फिल्म क्षेत्रमा आउने चाहाना नहुँदा नहुँदै पनि फिल्म क्षेत्रमा आएकी माधुरीलाई १४ पटक फिल्म फेयरमा नोमिनेशन र ६ पटक जित हासिल भएको छ ।
नृत्यमा पोख्त माधुरी कथक डान्सर हुन् । उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रुपमा पनि परिचित छिन् । उनले फिल्म ‘हम आपके है कौन’ मा सलमान खानले भन्दा बढी पैसा लिएकी थिइन् । यो फिल्मको लागि उनले २.७ करोड लिएकी थिइन् ।
करियरको पीक समयमा उनले डाक्टर नेनेसँग विवाह गरिन् । र फिल्मबाट पनि टाढा गइन् । तर, उनको विवाहअघि बलिउड अभिनेता सञ्जय दत्तसँग गहिरो प्रेम थियो । भारतीय सञ्चार माध्यमका अनुसार माधुरी र सञ्जयले विवाह गर्ने योजना बनाएका थिए । तर, सञ्जय दत्त जेल गएपछि उनीहरुको सम्बन्ध टुङ्गिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण