रौतहटमा एकै दिन ६२ जनालाई क्वारेन्टाइन पठाइयो
रौतहट – लकडाउनको अवधिमा भारतलगायत विभिन्न ठाँउबाट चोरबाटो हुँदै रौतहट आएका ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लकडाउनका कारण भारतका विभिन्न शहरबाट घर आई लुकेर बसेका ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहको कमाण्डमा गएको टोलीले मौलापुर बजार नजिकैबाट १८ जनालाई नियन्त्रणमा लिएर कटहरियास्थित क्वारेन्टाइन पुर्याएको नगरप्रमुख सियाराम कुश्वाहाले जानकारी दिएका छन् ।
मेयर कुश्वाहाकाअनुसार भारतबाट आएका १० जनालाई घर जानुअघिनै कडाइका प्रहरीले क्वारेन्टाइन पठाएको हो ।
जिल्ला प्रहरीप्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार भारत लगायत विभिन्न स्थानबाट आएर बसेका ६२ जनालाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको थियो ।
भारत सरकारले अप्रवासी मजदुरलाई स्पेसल ट्रेनमार्फत गन्तव्यसम्म पुर्याउन थालेपछि रौतहट लगायत सिमानासंग जोडिएका जिल्लाहरुमा आउनेको संख्या बढदै गएको छ ।
भारतबाट आउनेहरुबाट कोरोना भाइरसको संक्रमणको जोखिम भएकाले रौतहटका सिडिओ बाशुदेव घिमिरेले जिल्लाको १८ वटै स्थानीयतहमा थप पाँच–पाँचसय बेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् ।
रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राखिने र नेपालको कुनै ठाँउबाट आएको पाइएमा चेकजाँच पछि डाक्टरकै सल्लाहअनुसार गर्न सबै प्रहरी इकाईमा निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण