आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा एकै दिन ६२ जनालाई क्वारेन्टाइन पठाइयो

शनिबार, ०३ जेठ २०७७, ०९ : ३९
शनिबार, ०३ जेठ २०७७

रौतहट – लकडाउनको अवधिमा भारतलगायत  विभिन्न ठाँउबाट चोरबाटो हुँदै रौतहट आएका ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनका कारण भारतका विभिन्न शहरबाट घर आई लुकेर बसेका ६२ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहको कमाण्डमा गएको टोलीले मौलापुर बजार नजिकैबाट १८ जनालाई नियन्त्रणमा लिएर कटहरियास्थित क्वारेन्टाइन पुर्याएको नगरप्रमुख सियाराम कुश्वाहाले जानकारी दिएका छन् ।

मेयर कुश्वाहाकाअनुसार भारतबाट आएका १० जनालाई घर जानुअघिनै कडाइका प्रहरीले क्वारेन्टाइन पठाएको हो ।

जिल्ला प्रहरीप्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार भारत लगायत विभिन्न स्थानबाट आएर बसेका ६२ जनालाई शुक्रवार प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाएको थियो ।

भारत सरकारले अप्रवासी मजदुरलाई स्पेसल ट्रेनमार्फत गन्तव्यसम्म पुर्याउन थालेपछि रौतहट लगायत सिमानासंग जोडिएका जिल्लाहरुमा आउनेको संख्या बढदै गएको छ ।

भारतबाट आउनेहरुबाट कोरोना भाइरसको संक्रमणको जोखिम भएकाले रौतहटका सिडिओ बाशुदेव घिमिरेले जिल्लाको १८ वटै स्थानीयतहमा थप पाँच–पाँचसय बेडको क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिएका छन् ।

रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले भारतबाट आउने सबैलाई क्वारेन्टाइनमा राखिने र नेपालको कुनै ठाँउबाट आएको पाइएमा चेकजाँच पछि डाक्टरकै सल्लाहअनुसार गर्न सबै प्रहरी इकाईमा निर्देशन दिएका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप