थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २९१ पुग्यो
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताएका हुन् ।
योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा. अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा थप १० मा कोरोना भेटिएको हो ।
कोरोना संक्रमितहरुमा रौतहट राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९,३९, ४२, ४८ पुरुषहरु र रौतहट इशनाथ नगरपालिका–३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण