कोभिड–१९ को आशंकामा ११ जना आइसोलेसनमा
कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा कोभिड १९ को आशंकामा ११ जनालाई राखिएको छ ।
जिल्ला अस्पताल बझाङमा ८, डोटीमा १, बैतडीमा १ र डडेल्धुरा अस्पतालमा १, गरी ११ जनाको उपचार भइरहेको हो ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय डोटीले कोभिड–१९ को मिडिया ब्रिफिङमा सो कुराको जानकारी दिएको हो ।
१४६ जना भने यसअघि उपचार पछि घर फर्किसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।
उनले हालसम्म १८ हजार २६९ जनाको आरडीटी परीक्षण गरेको बताए ।
जसअनुसार १८ हजार २४८ जनाको नेगेटिभ छ भने २१ जनाको आरडिटी पोजिटिभ भएको छ । उनले पोजिटिभ भएकाको पिसिआरवाट जाँच प्रक्रिया भइरहेको बताए ।
९ वटै जिल्लामा १ हजार ५३५ आरडीटी किट र ८६० वटा भि.टि.एम स्टक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पिसिआर विधिबाट ३ हजार ७४८ स्वाव संकलन गरिएका मध्ये ३४१४ को मात्र जाँच भएको महाशाखा प्रमुख कार्कीले बताए ।
जाँच गरिएका मध्येबाट ३ हजार ४०९ जनाको नमुना नेगेटिभ छ भने ५ जनाको मात्र पोजिटिभ भएको उनले वताए ।
पोजिटिभ ५ जना पनि निको भएर घर फर्किसकेका छन् ।
उनका अनुसार अझै ३३४ जनाको स्वाबको नतिजा आउन बाँकी रहेको छ । १ हजार ४९३ जना क्वारेन्टाइनमा रहेका मध्ये पुरुष १ हजार ३६० र महिला १३३ छन् ।
यसैबीच कैलालीको गौरीफेन्टा नाकावाट ३७४ जना नेपालीलाई उद्धार गरिएको छ । यसअघि भारतीय पलियास्थित क्वारेन्टाइनमा बस्दै आएका नेपालीलाई शनिवार गरिएको हो।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनीहरुलाई उद्धार गरि नेपाल ल्याइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । उनीहरुलाई आवश्यक स्वास्थ्य चेकजाँच गरी नेपाल ल्याइएको उनले बताए ।
नेपाल ल्याइएका सवैलाई सम्बन्धित जिल्लाको स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी पठाउने काम भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण