२० अर्बको राहत प्याकेज ल्याउन सुझाव
काठमाडौं – नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकका लागि २० अर्ब रुपियाँको राहत प्याकेज ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको छ ।
कोभिड १९ का कारण पर्यटन क्षेत्रमा परेको असरबाट यस क्षेत्रलाई बचाउन आवश्यक उपायका बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बोर्डले उक्त सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
उक्त राहत प्याकेज प्राप्त गर्न बोर्डले केही निश्चित सर्त पनि सुझावका रूपमा प्रस्तुत गरेको छ । पर्यटन व्यवसायीले यस्तो राहत प्राप्त गर्न पर्यटन क्षेत्रमा कार्यरत प्रमाणसहित कर्मचारीको अन्तिम तीन महिनाको तलब बैङकमा जम्मा गरेको प्रमाण, स्थायी लेखा नम्बर (प्यान) अथवा आयकर र सामाजिक सुरक्षा कोषमध्ये कुनै एक प्रमाण पेस गर्नुपर्ने बोर्डले सुझाव दिएको छ ।
यसो गर्नसके कर्मचारी एवं श्रमिकको जीविकोपार्जनमा सहयोग पुग्ने, पलायन रोक्ने र भविष्यमा पनि कर्मचारी अभाव नहुने बोर्डको विश्वास छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरूसँग छलफल
-
जसपाका तीन मन्त्रीको शपथ साँझ ६ बजे
-
मधेस प्रदेश : सरकारबारे हानथाप
-
बङ्गलादेश छात्रवृत्ति प्रकरण : बङ्गलादेशका राजदूतसँग शिक्षामन्त्रीको छलफल
-
ललितपुर मेयर महिला क्रिकेट : सम्झनाको अर्धशतकसँगै सुदूरपश्चिमले कोशीलाई हरायो
-
लक्ष्मी ग्रुपको ५० वर्ष : मिठाई भण्डारदेखि हुन्डाई ‘एसेम्बल’सम्म