पेट्रोलियम पदार्थको मूल्य नघटाउन मन्त्रीलाई चिठी लेखिएको खुलासा
सोमबार, ०५ जेठ २०७७, ०८ : २९
पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य नघटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ ।
२ जेठमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मन्त्री भट्टलाई मूल्य नघटाउन दबाब दिएको हो ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–एसोसिएसनमा उपत्यकासहित बागमती प्रदेशका पेट्रोलपम्प व्यवसायी सदस्य छन् ।
बाँसबारीको खड्का आयल स्टोरका सञ्चालक अच्युत खड्का यसका अध्यक्ष छन् । उनको पम्पलाई नाकाबन्दीका वेला इन्धनमा कालोबजारी गरेको र डेढ वर्षअघि पनि चालकको हडतालमा तेल लुकाएको आरोपमा कारबाही गरेको थियो ।
अध्यक्ष खड्काले मन्त्रालयमा सचिव वैकुण्ठ अर्याल र आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई मन्त्रीसम्म पुग्ने गरी पत्र दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण