सुदुरपश्चिम प्रदेशमा गरिएको आरडीटी टेस्टमा १२ जनामा देखियो कोरोना पोजिटिभ
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आरडीटी विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना १९ पोजिटिभ देखिएको हो ।
उनीहरुको स्वाव संकलन गरी पिसिआर विधिबाट जाच गर्ने कार्य भइरहेको जनाएको छ । १८ हजार ८५९ जनामा आरडिटी परिक्षण गर्दा १८ हजार ८४७ जनाको रिपोट नेगेटिभ छ भने १२ जनामा मात्र पोजिटिभ देखिएको छ ।
सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य निर्देशनालय डोटीले आज गरिएको कोभिड १९ को मिडिया ब्रिफिङ्गमा सो कुरा को जानकारी दिएको हो । त्यसै गरी विभिन्न अस्पतालमा कोभिड १९ को आशंकामा १५ जनालाई आइसोलसनमा राखी उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह काक्रीले बताए ।
सेती प्रादेशिक अस्पताल धनगढीमा ५ ,टिकापुर अस्पतालमा ४, जिल्लाअस्पताल बझाङ्गमा १ ,डोटी १ ,बाजुरा ३ ,डडेल्धुरा अस्पतालमा १ जना गरी १५ जना को आईसोलेसनमा उपचार भइरहेको उनले बए ।
यसअघि नै १५४ जना भने आइसोलेसनको उपचार पछि निको भई घर गइसकेको उनले बताए । पिसिआर विधिवाट ३८३७ स्वाव संकलन गरिएको मध्ये ३६४३ को जाच गरिएको स्वास्थ्य महाशाखा प्रमुख काक्रीले रातोपाटी लाई जानकारी दिए । जाच गरिएका नमुना मध्ये ३६३८ जना को नतिजा नेगेटिभ छ भने ५ जनामा मात्र पोजिटिभ आएको उनले बताए ।
यसअघि नै पोजिटिभ ५ जना निको भएर घर गइसकेका छन उनले भने अझै पनि १६६० जना क्वारेन्टाइनमा छन् । जस मध्ये १४९२ जना पुरुष छन भने १६८ जना महिला रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण