मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारी २५ प्रतिशत गुम्ने

मङ्गलबार, ०६ जेठ २०७७, ०७ : २९
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं – कोरोना भाइरस महाव्याधि (कोभिड १९) ले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ । 

संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ । 

भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने जनाएको छ । दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप