मौसम पूर्वानुमानः नेपालमा अम्पुन चक्रवातको प्रभाव, वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले नेपालमा बंगालको खाडीबाट आउँदै गरेको अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव पर्न सुरु भएको जनाएको छ ।
यसैगरी, महाशाखाले हाल नेपालमा स्थानीय वायुको समेत प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालका पूर्व र मध्यका केही भागमा आंशिक र सामान्य बदली भइरहेको छ भने पश्चिमी भूभागहरुका केही स्थानमा आंशिक बदली भइरहेको छ ।
महाशाखाले मंगलबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशका पूर्व र मध्य भागमा आंशिक र सामान्य बदली हुनेछ । भने पश्चिमी भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ । यसैगरी, मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
पूर्वानुमानका अनुसार राति देशको पूर्व र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण