प्रतिपक्षी दललाई संशोधन प्रस्ताव फिर्ता लिन आग्रह
राष्ट्रियसभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल रहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा धारणा राख्दै उनले राष्ट्रिय आवश्यकता ,सोचाइको धरातल र उचाईका आधारमा सरकारको नीति तथा कार्यक्रम केही ठूलो र विस्तृत भएको बताएका हुन् ।
सरकारको सोचको उचाई अनुसार नीति तथा कार्यक्रम पनि ठूलो भएको उनले स्पष्ट पारे । उनले लोकतान्त्रिक मुल्य मान्यताको वस्तुगत धरातल, वर्तमान आवश्यकतालाई सम्बोधन, समाजवाद उन्मुख, राष्ट्रिय हित, राष्ट्रिय स्वभिमान र सार्वभौमसत्तालाई आत्मसाथ गरेकाले नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल भएको दाबी गरे । उनले बुँदा नम्बर २६९ मा उल्लेख गरिएको प्रतिबद्धता अनुसार सरकारले सोमबार नयाँ नक्सा जारी गर्ने निर्णय गरेर नीति तथा कार्यक्रममा उल्लेखित प्रतिबद्धता सम्बोधन गरेको भन्दै उनले सरकारको बचाउ गरे ।
बुँदा नम्बर २७३ र २७४मा सरकारले प्रतिवद्धता जनाएका विषय कार्यान्वय गर्ने राष्ट्रिय संकल्प गरेको भन्दै उनले सरकारले कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने र महामारीबाट प्रभावित सामाजिक आर्थिक क्षेत्रहरुलाई पुनर्जीवन दिई विकास निर्माणलाई तिब्रता दिने विश्वास दिलाए । उनले सरकारको नीति तथा कार्यक्रमका विपक्षमा विचार राखेर प्रतिपक्षले धर्म निर्वाह गरेको टिप्पणी पनि गरे । नीति तथा कार्यक्रमलाई पुर्नलेखन गर्नुपर्छ भन्नु निषेधको राजनीति भएकाले त्यसो गर्नु उपयुक्त नहुने भन्दै प्रतिपक्षी दललाई संशोधन प्रस्ताव फिर्ता लिन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण