शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिपक्षी दललाई संशोधन प्रस्ताव फिर्ता लिन आग्रह

मङ्गलबार, ०६ जेठ २०७७, १२ : २७
मङ्गलबार, ०६ जेठ २०७७

राष्ट्रियसभाका लागि नेकपा संसदीय दलका नेता दिनानाथ शर्मा सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल रहेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा धारणा राख्दै उनले राष्ट्रिय आवश्यकता ,सोचाइको धरातल र उचाईका आधारमा सरकारको नीति तथा कार्यक्रम केही ठूलो र विस्तृत भएको बताएका हुन् ।

सरकारको सोचको उचाई अनुसार नीति तथा कार्यक्रम पनि ठूलो भएको उनले स्पष्ट पारे । उनले लोकतान्त्रिक मुल्य मान्यताको वस्तुगत धरातल, वर्तमान आवश्यकतालाई सम्बोधन, समाजवाद उन्मुख, राष्ट्रिय हित, राष्ट्रिय स्वभिमान र सार्वभौमसत्तालाई आत्मसाथ गरेकाले नीति तथा कार्यक्रम समय सापेक्ष र मुलुकको आवश्यकता अनुकुल भएको दाबी गरे । उनले बुँदा नम्बर २६९ मा उल्लेख गरिएको प्रतिबद्धता अनुसार सरकारले सोमबार नयाँ नक्सा जारी गर्ने निर्णय गरेर  नीति तथा कार्यक्रममा उल्लेखित प्रतिबद्धता सम्बोधन गरेको भन्दै उनले सरकारको बचाउ गरे ।

बुँदा नम्बर २७३ र २७४मा सरकारले प्रतिवद्धता जनाएका विषय कार्यान्वय गर्ने राष्ट्रिय संकल्प गरेको भन्दै उनले सरकारले कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रण गर्ने र महामारीबाट प्रभावित सामाजिक आर्थिक क्षेत्रहरुलाई पुनर्जीवन दिई विकास निर्माणलाई तिब्रता दिने विश्वास दिलाए । उनले सरकारको नीति तथा कार्यक्रमका विपक्षमा विचार राखेर प्रतिपक्षले धर्म निर्वाह गरेको टिप्पणी पनि गरे । नीति तथा कार्यक्रमलाई पुर्नलेखन गर्नुपर्छ भन्नु निषेधको राजनीति भएकाले त्यसो गर्नु उपयुक्त नहुने भन्दै प्रतिपक्षी दललाई संशोधन प्रस्ताव फिर्ता लिन पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप