पाकिस्तानमा कोरोना संक्रमितको संख्या ४४ हजार पुग्यो
मङ्गलबार, ०६ जेठ २०७७, १४ : ४२
इस्लामाबाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ ।
प्राप्त विवरण अनुसार पाकिस्तानको पंजाब प्रान्तमा १५ हजार ९७६ जना, सिन्धमा १७ हजार २४१ जना, खिबर पख्तुनख्वामा ६ हजार २३० जना, बलोचिस्तानमा २ हजार ८२० जना, गिल्गिट बाल्टिस्टानमा ५५० जना, इस्लामाबादमा १ हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा ११५ जना संक्रमित भएका छन् ।
स्वास्थ्य अधिकारीहरुले कूल संक्रमितमध्ये १२ हजार ४८९ जना डिस्चार्ज भइसकेको बताएका छन् । पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण