लकडाउनको ५८ औं दिन: काठमाडौं उपत्यकाको सडकमा जे देखियो (फोटोफिचर)
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ५८ दिन पुगेको छ । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको आज (बुधबार) ५८ दिन पुगेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई पार्दै गएको छ ।
बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनलाई पालना गरिएको पाइएको छ । मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिन्छ । सुरक्षाकर्मीले सवारी चेकजाँचलाई कडाई पारेका छन् । प्रशासनले जारी गरेको पास बिना सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । अत्यावश्यक सेवा, ढुवानी सेवाका साधनहरु भने सञ्चालनमा आएका छन् । त्यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी लगायतका व्यक्तिका सवारी साधनलाई पनि सञ्चालन गर्न दिइएको छ ।
उपत्यकाका भित्री सडक छेउमा रहेका अत्यावश्यक उपभोग्य वस्तुका केही पसलहरु खुलेका देखिन्छन् । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर उपभोग्य वस्तुहरु किनमेल गर्ने गरेका छन् । लामो समय देखि लकडाउन हुँदा जनजीवन भने प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण