रौतहटमा तीन घरमा आगलागी हुँदा लाखौंको क्षति
रौतहट – रौतहटको छुट्टाछुट्टै तीन स्थानमा गएराति भएको आगलागीबाट लाखौं बराबरको क्षति भएको छ ।
लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर तीन घरमा भएको आगलागीबाट १० लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ ।
गएराति ७ बजे परोहा नगरपालिका १ का शेख अलि अख्तरको घरमा आगलागी भएको थियो । सोही घरबाट सल्किएर छिमेकी अंशु रहमानको घरमा समेत आगलागी भएको थियो ।
आगलागीबाट अख्तरको घरको अन्न, लत्ताकपडा गरी कुल दुई लाख ७० हजार र छिमेकी रहमानको घरमा दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी, ईशनाथ नगरपालिका वडा १ स्थित चन्देश्वर यादवको घरमा रातीनै भएको आगलागी बाट घरमा रहेको अन्न लता कपडा गरी ६ लाखको क्षति भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
सदरमुकाम गौरबाट गएको दमकल, स्थानीय प्रहरी र गाँउलेहरुको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण