इरानमा कोरोनाबाट १ लाख २९ हजार सङ्क्रमित, ७ हजारको मृत्यु

एजेन्सी । इरानमा बिहीबारसम्ममा एक लाख २९ हजार ३४१ व्यक्ति कोरोनाभइरस (कोभिड–१९) बाट सङ्क्रमित भएका छन् भने सात हजार २४९ को मृत्यु भएको छ ।
इरानको राष्ट्रिय टेलिभिजनले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको सङ्ख्या दुई हजार ३९२ रहेका छन् भने यो अवधिमा मृत्यु हुनेको सङ्ख्या ६६ रहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण बढी प्रभावित मुलुकमध्ये इरान पनि एक हो ।
अनलाइन पत्रकार सम्मेलनमा इरानी स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालय अन्तर्गत रहेको नागरिक सम्बन्ध तथा सूचना केन्द्रका प्रमुख कैनुस जहानपुरले भने, ‘पछिल्लो २४ घण्टामा थप दुई हजार ३९२ व्यक्तिमा नयाँ सङ्क्रमण पुष्टि भएको छ र योसँग सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३४१ पुगेको छ ।’
एक लाख निको भई घर फर्के
केन्द्रका प्रमुख जहानपुरका अनुसार इरानमा अहिलेसम्म एक लाख ५६४ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । यहाँ दुई हजार ६५५ सङ्क्रमितको अवस्था गम्भीर भएको बताइएको छ ।
स्वास्थय अधिकारीका अनुसार इरानमा बिहीबारसम्म सात लाख ४६ हजार ४५ व्यक्तिको कोभिड–१९ को सङ्क्रमण परीक्षण भएको छ । इरानमा सबैभन्दा पहिलो व्यक्तिमा सङ्क्रमण पुष्टि फेब्रुअरी १९ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई ५ हजार धरौटीमा छाड्न आदेश
-
रिक्त चार प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग (सूचनासहित)
-
विद्यार्थीको मानसिक सन्तुलनका लागि ‘ग्याजेट नीति’ लागू
-
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित