इरानमा कोरोनाबाट १ लाख २९ हजार सङ्क्रमित, ७ हजारको मृत्यु
एजेन्सी । इरानमा बिहीबारसम्ममा एक लाख २९ हजार ३४१ व्यक्ति कोरोनाभइरस (कोभिड–१९) बाट सङ्क्रमित भएका छन् भने सात हजार २४९ को मृत्यु भएको छ ।
इरानको राष्ट्रिय टेलिभिजनले जनाए अनुसार पछिल्लो २४ घण्टामा थप सङ्क्रमितको सङ्ख्या दुई हजार ३९२ रहेका छन् भने यो अवधिमा मृत्यु हुनेको सङ्ख्या ६६ रहेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण बढी प्रभावित मुलुकमध्ये इरान पनि एक हो ।
अनलाइन पत्रकार सम्मेलनमा इरानी स्वास्थ्य तथा चिकित्सा शिक्षा मन्त्रालय अन्तर्गत रहेको नागरिक सम्बन्ध तथा सूचना केन्द्रका प्रमुख कैनुस जहानपुरले भने, ‘पछिल्लो २४ घण्टामा थप दुई हजार ३९२ व्यक्तिमा नयाँ सङ्क्रमण पुष्टि भएको छ र योसँग सङ्क्रमितको सङ्ख्या एक लाख २९ हजार ३४१ पुगेको छ ।’
एक लाख निको भई घर फर्के
केन्द्रका प्रमुख जहानपुरका अनुसार इरानमा अहिलेसम्म एक लाख ५६४ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति निको भएर घर फर्किएका छन् । यहाँ दुई हजार ६५५ सङ्क्रमितको अवस्था गम्भीर भएको बताइएको छ ।
स्वास्थय अधिकारीका अनुसार इरानमा बिहीबारसम्म सात लाख ४६ हजार ४५ व्यक्तिको कोभिड–१९ को सङ्क्रमण परीक्षण भएको छ । इरानमा सबैभन्दा पहिलो व्यक्तिमा सङ्क्रमण पुष्टि फेब्रुअरी १९ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण