विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार पुग्यो (अपडेट)
एजेन्सी । शनिबारसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । यसबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा आधारित एएफपीको रिपोर्टअनुसार २१ लाख ७८ हजार ८६२ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
विश्वकै सबैभन्दा बढी सङ्क्रमित रहेको संयुक्त राज्य अमेरिकामा १६ लाख ४८ हजार २८३ सङ्क्रमित रहेका छन् भने ९७ हजार ७३२ सङ्क्रमितको मृत्यु भएको छ । अमेरिकामा चार लाख भन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् ।
त्यसैगरी बेलायतमा दुई लाख ५४ हजार १९५ सङ्क्रमित रहेका छन् । बेलायतमा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३६ हजार ३९३ रहेको छ । इटलीमा २ लाख २८हजार ६५८ सङ्क्रमित भएका छन् भने ३२ हजार ६१६ व्यक्तिको सङ्क्रमणपछि मृत्यु भएको छ । स्पेनमा दुई लाख ८१ हजार ९०४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २८ हजार ६२८ सङ्क्रमितको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलमा तीन लाख ३४ हजार ७७७ सङ्क्रमित भएका छन् भने यहाँ २१ हजार २१५ को मृत्यु भएको छ । फ्रान्समा सङ्क्रमितको सङ्ख्या एक लाख ८२ हजार २१९ सङ्क्रमित रहेका छन् भने २८ हजार २८९ को मृत्यु भएको छ ।
यी मुलुक बाहेकका मुलुकहरू जर्मनी, रूस, भारत, पाकिस्तान, इरान, टर्की, पेरू लगायतका करिब एक दर्जन मुलुकमा सङ्क्रमितको सङ्ख्या उल्लेख्य रहेको भएपनि मृत्यु दर अमेरिका, बेलायत, फ्रान्स, ब्राजिलको तुलनामा निकै कम देखिएको छ ।
धेरै सङ्क्रमित हुनेमा रूस अमेरिकापछि दोस्रो स्थानमा रहेको छ भने मृत्युका हिसाबले बेलायत दोस्रो स्थानमा रहेको छ । धेरै सङ्क्रमण देखिएका मुलुकहरू मध्ये रूसमा तीन लाख ३५ हजार ८८२, जर्मनीमा एक लाख ७९ हजार ७६८, टर्कीमा एक लाख ५४ हजार ५००, इरानमा एक लाख ३३ हजार ५२१, भारतमा एक लाख २७ हजार ३५८ र पेरूमा एक लाख ११ हजार ६९८ सङ्क्रमित रहेका छन् । अन्य प्रभावित मुलकहरूमा भने सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण